
हरि मानन्धर "विवश"
घमाइलो दिनसँगै आकाशभरि खुल तिमी
काँडैकाँडा बीचबाटै सुन्दर गुलाव फूल तिमी
खुशीयाली बाँड्दै हिड भीर पाखा बस्तीभरि
ममताको आँचल फिजाइ, मनभरि डुल तिमी
दुःख नै हो तिम्रो साथी, मेरा अनि हामी सबको
जे जे पर्छ टर्दै जान्छ, अतीतलाई भुल तिमी
ठुलालाइ आदर गर्दै नरम अनि मिठो बोल
ज्ञानी बन्दै समाजमा सबैसँगै घुल तिमी
0 comments:
Post a Comment