
फाटेको डोकोमा भारी अडीन्न,
विज नरोपे भकारी भरिन्न।
यो सत्य थाहाछ हर जनलाइ,
तैपनी हेर किन कर्म गरिन्न।।
हिउ्दमा वर्षाले विश्राम लिदाँ
चुहीने छाना टाल्नु ठानीन्न।
ज्ञानीको आडमा शिक्षा लिएनी,
गुरु नपीटे यहाँ चेला मानिन्न।।
फाइदाको उद्योग आगो नलाए,
मजदुर नेता कहिल्यै जानिन्न।
खुडकीला चढ्नेको गोडा नताने,
विश्वमा नेपाली भनेरै चिनीन्न।।
सुदिप कोइराला
काठमाण्डु,नेपाल
0 comments:
Post a Comment