Sunday, 27 March 2011

साहित्य महासंघको तेस्रो बैठक आज


ब्रुनाई,



विश्व नेपाली साहित्य महासंघको तेस्रो बैठक नेपालको समय अनुसार आज बेलुकी बस्ने जनाईएको छ ।

आज सम्पन्न हुन लागेको बैठकले महत्वपूर्ण विषयहरुमा निर्णय गर्ने बताईको छ । बैठकले महासंघको सचिवालयको घोषणा, नेपाल सम्बन्धि सुचना सुधार कार्यदलमा सदस्यहरुको थप र विश्वभरका साहित्यकार, साहित्यिक संघसंस्था संग जोड्ने गरि बिश्वब्यापी प्रतियोगितात्मक कार्यक्रमको आयोजना सम्बन्धमा छलफल तथा निर्णय गर्ने जनाइएको छ ।

महासंघको तर्फबाट विभिन्न स्रष्टा तथा साहित्यिक संघसंस्थालाई सम्मान तथा पुरस्कार प्रदान गर्ने सम्बन्धमा सुझाव पेस गर्न गठित कार्यदलले आफ्नो प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । कार्यक्रमको शुरुवात र अन्तमा अघिल्ला बैठकहरुमा झै सिर्जना बाचन कार्यक्रम समेत राखिएको जानकारी प्राप्त भएको छ ।

बैठकको लागि सम्पूर्ण पदाधिकारी पार्षदहरुलाई उपस्थितीको लागि आग्रह गरिएको छ । महासंघको नियमित बैठक अनलाइन स्काइपीमा हुने गर्दछ र बैठकको बारे विस्तृत जानकारी महासंघको आधिकारिक वेवसाइट www.gfnl.org मा हेर्न सकिनेछ ।

0 comments:

Post a Comment