साहित्य महासंघको युएई शाखा निर्माण
युएई, गत ४ मार्च ११ का दिन विश्व नेपाली साहित्य महासंघ युनाइटेट अरब इमिरेट (युएई) शाखा निर्माण भएको छ ।
नेपाली रेष्टुरेण्ट एण्ड बार युएईमा भेला भएका साहित्यिक स्रष्टाहरुको एक भेलाले बलदेव भट्टको अध्यक्षतामा ११ सदस्य शाखा समिति निर्माण गरेको छ । समितिको उपाध्यक्षमा तारा बलाल ‘स्टार’, महासचिव जितेन्द्र मल्ल, सचिव दिपराज नेयोङहाङ, आर्थिक सचिव रामनाथ मिश्र र सदस्यहरु क्रमशः केशव न्यौपाने, विश्व लिम्बु, द कैलास राई, लाक्पा शेर्पा, बलराम खनाल र बिक्रम शिशिर चयन हुनु भएको छ ।
विश्वकै ब्यापारिक केन्द्र युएइमा निर्माण भएको शाखालाई निक्कै महत्वका साथ हेरिएको छ भने युएई शाखा महासंघको एघारौ हो । यो भन्दा अगावै विभिन्न ८ वटा देशमा १० वटा शाखा निर्माण भई संचालनमा रहेका छन् ।
उक्त कार्यक्रममा साहित्य महासंघका केन्द्रिय उपसचिव कवी समदर्शि काँइलाको उपस्थिती रहेको थियो । अन्य मुलुकहरुमा पनि महासंघको शाखा बन्नेक्रम जारी छ ।
Wednesday, 9 March 2011
साहित्य महासंघको युएई शाखा निर्माण

कृष्णपक्ष थापा द्वारा सम्प्रेषित
साहित्यसंसार डट कम साहित्यिक मनहरुको एउटा सानो संसार हो, यहाँ ती मनहरुबाट सिर्जिएका भावनाहरु अभिव्यक्तिहरु सम्प्रेषित गरिन्छ । घरदेश वा परदेश, नेपाली भाषा साहित्यलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक साहित्यसंसारलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रिया या पत्राचार गर्नको लागि हाम्रो ठेगाना - info@sahityasansar .com
प्रविष्ट रचनाको बिषयक्रम गतिविधि .
फेसबुक कमेन्टस...

सम्बन्धित अन्य रचनाहरु ::
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment