Friday, 4 March 2011

कविता~ रहर

रहस्यमय कालरात्रीमा
उर्जाबिहिन पाइलाहरु
दिनरात चलिरहदा
उस्तै लम्बिएको मेरो बाटो
खै गन्तब्य कहाँ छ ?

मिर्मिरेको ईशारामा बाहिर निस्कदा
चहकिलो क्षितिजको किरण
आँखाको ज्योति लुट्न खोज्छ
तर मेरो रहर ब्युझिदैन
हो अब कहिल्यै ब्युझैदैन ।।
बिबसताको फलामे च्युरा चपाएर
एक घुट्को आशा पीई निदाएछ
तारे भिरको चप्लेटिमा .

खाली आङमा हिमाली तुसारो
निर्मित "ग्लोबल वार्म"भित्र
अर्थसास्त्रमा नअटेको म र "अर्थिक क्रान्ति"
कति मिठो सपनामा भुलेछ
मेरो गगन चुम्बी रहर
आयातित कल्पना संगको सहबास पछि ।।

खगोलको नियम
भुगोलको कानुन
विज्ञानको चमत्कार
अनी मेरो रहर ।।
जून माथी टेक्ने हरु
तिमी धर्ति बोकेको भ्रममा छौ
यो त जहाँको त्यहि छ
म घुम्दै छु हरेक पल
फन्फन अमेरिका ,अफ्रिका ,
एसिया र मध्य खाडीमा
तर खै गुरुत्वाकर्सण उही छ
म कहिल्यै छ फुट उफ्रन सक्दिन त ।

बिलासी बंगाला भित्र
सानो बैठकमा
जबर्जस्ती गमलामा फूल फुल्दा
विश्व बसायेको ठान्नेहरु
यहाँ हरेक बस्तीमा उन्यु जिउदै छन्
त्यसैले आउ यो माटो बदलौ
टेकेको आधार बदलौ
भोको पेटमा गाऊ बेशी गर्ने हरुलाई
दुई छाक ब्यन्जन खुवाउ
अनी जाग्छ मेरो रहर
उस्को रहर
सबैको रहर
आमुल परिवर्तनका निमित्त ।

अन्यथा
तिम्रो रहर मात्र रहर ।
मेरो रहर मात्र रहर ।।

सरोज थापा
शंखुवा सभा
हाल, दोहा, कतार ।





.

0 comments:

Post a Comment