Thursday, 3 February 2011

गीत- पारी तर्‍यौ

जिन्दगीको कुनै मोडमा, साथदिने बाचा गर्‍यौ,
खुशीसाथ बाँच्ने होडमा, आफैमात्र पारी तर्‍यौ ।

साथदिन खाको कसम, मुख मोडि कता भागे,
तुहिएर झर्‍यो सपना, खुशी सारा बैता लागे ।
भरोषाको न्यानो आडमा, रातैमात्र बनि झर्‍यौ,
खुशीसाथ बाँच्ने होडमा, आफैमात्र पारी तर्‍यौ ।

टुट्यो फूट्यो धेरै पटक, आशा फूल्ने पाटोपनि,
अन्तै भाग्छ देखे मलाई, खुशी हिड्ने बाटोपनि ।
दुखियाको आलो चोटमा, घातैमात्र किन भर्‍यौ,
खुशीसाथ बाँच्ने होडमा, आफैमात्र पारी तर्‍यौ ॥

-भानु सुनुवार "तिरस्कृत"
दोहा, कतार ।

0 comments:

Post a Comment