Tuesday, 1 February 2011

जनयुद्धबाट पिडित शिक्षकलाई हत्याराको पगरी




सुबिसुधा आचार्य


“म हत्यारा हैन सुन्नु भएन तपाईंहरुले म हत्यारा हुँदै हैन । सत्ते सत्ते मेरो आफ्नै प्राणको कसम पशुपतिनाथले भस्म गरुन् पत्याउनु भएन । श्री मनकामना माईले नाश गरुन् मैले झुटो बोलेको भए म हत्यारा हुँदै हैन ।”
“यी हेर्नुस् के मेरा हातहरु दिन दहाडै कसैको गला रेट्ने जस्तो छ त नियालेर हेर्नुस् पैताला हजारौं सोझा निमुखा गरिबको लासमाथि कुल्चेको जस्तो देखिन्छ र छाम्नुस् विश्वास नभए मेरो ढुकढुकी के यसमा हत्याराको धड्कन धड्किन्छ कहीँ कतै के तपाईंले पाउनु हुन्छ अँहँ भेटिन्न र पाउनु हुन्न पनि । किनकि म भित्र हत्याराको निसानी छाप सङ्केत केही छैन । बुझ्नु भो तपाईहरुले म हत्यारा हुँदै हैन ।”

झ्यालखाना भित्र झ्यालको बारमा भुन्डिएर ऊ त्यसै भनेर चिच्याइरहेछ एकनास पुस माघको चीसोले नीला भएका हातहरु थर्थर कमाउँदै डन्डीमा यसरी समाति रहेछ मानौं त्यो डन्डी फुत्किन सक्छ भाग्न सक्छ ऊ बाट टाढा धेरै टाढा ।

चिप्रा लागेका आँखा खर्लप्प गडेका छन् र राता पनि गोलभेडाझैँ । फुलेको दारी र जुँगाले मुहार ढपक्क छोप्ला जस्तो देखिन्छ जिङ्रिङ्ग परेका कपालले निधार र कान आफ्नै बनाएको छ छपक्कै छोपेर खद्दरको कट्टुमा उनिएका छ तिघ्रा एउटा बुख्याँचा जस्तो बनी ।

ऊ झ्यालखाना बाहिर छ या झ्यालखाना भित्र त्यसमा सजग हुन समेत उसमा चेतना ज्ञान या शक्ति छैन । ऊ कहिले खान्छ त कहिले दिएको भात लात्ताले हानेर भुईभरि पोखिदिन्छ । कहिलेकाँही जब ऊ जस्तै अपराधी साथीहरु बोल्छन् झगडा गर्छन् ऊ चुप लाग्न आग्रह गर्छ ।

“चुप ! यहाँ कसैले हल्ला गर्न मिल्दैन कराउन मिल्दैन र मिल्दैन चिच्याउन । के यो तिम्रो बाबुले बनाएको बंगला हो कि ससुरालीले दिएको दाइजो या मामाको बिर्ता यहाँ तिमीहरु जस्ता पापी अपराधी हत्यारा देशद्रोही बलात्कारी भ्रष्टाचारी र म जस्तै हत्याराको बिल्ला भिरेका हजारौं आएका छन् । आउँने छन् यो क्रम जारी रहने छ जब सम्म देशको प्रशासन गतिलो हुँदैन । त्यसैले यो एउटा साझा घरमा किन हल्ला गर्छौ हँ चुप ! यहाँ हल्ला पटक्कै चल्दैन ।”

भान्छे कुचे ठानेदार हवल्दार जो उसको कोठाको बाटो हुँदै हिंडे पनि यसै भन्छ साउती मारेर-
“साहेव ! म हत्यारा हैन् तपाईलाई मेरो कसम अँ ………॥ केही सम्झे झैँ मेरो पागल छोरीको कसम हैन हैन श्रीमतीको कसम र अन्तिम कसम मेरो बेपत्ता भएको छोराको । धरो धर्म सायब आज सम्म यी मेरा हातहरुले दुवै हात देखाउँदै जुत्ता ब्रस र पालिस खेलाउन बाहेक खुकुरी छोएको पनि छैन ।”

“राम ! राम !! मलाई साच्चै भन्ने हो भने यो काटमार गर्नै आउन्न । साच्चै भनूँ यताउता पल्याकपुलुक हेरेर मैले नजिकबाट खुकुरी बन्दुक मेसिनगन देखेकै छैन । अनि फेरि तपाईर्ंंहरु भन्नुहुन्छ हरिहरलाई्र तैंले मारिस् । यो कसरी सम्भव हुनसक्छ उसको छातीमा पाँच गोली लागेको छ भनेको हैन जब कि मलाई्र पेस्तोल चलाउनै आउन्न ।”
ठाकुरे हनुमानढोका जेलमा परेको आज दोस्रो दिन ठाकुरे सुन्धाराको आकासे पुलको छिंडी नजिकै वर्षैदेखि जुत्ता पालिस गरेर बस्थ्यो गए छाडी अस्ति राति पुतलीसडकको एकता मेनपावरको मालिक हरिहर चापागाईंको हत्याको आरोपमा समातिएको थियो ऊ ।

सुन्धारा चोकको लागि ठाकुरे व्यतीत समयको एक झिल्का झैँ भैसक्यो होला । त्यस्तै कल्पनामा आउने एक आकृति भैसक्यो होला । खालि उसको श्रीमतीको हारेका श्वास-प्रश्वासमा भने स्मृति मात्रै नभएर सजीव प्राण बनी सुस्केरा हालिरहेको होला । जो जति सुन्धाराको बाटो भएर हिड्थे उनीहरुले उसको अनुहार सम्झने कोशिस गर्नसम्म छाडीसके होलान् । कारण आज त्यहाँ अर्को केटाले जुत्ता टल्काउँदैछ । सबै मानिसलाई्र मान्छेसँग के सवाल के चासो जुत्ता टल्के भै गयो । प्रत्येक व्यक्तिलाई कामसँग मात्र सरोकार छ न कि मान्छेसँग ।

मानिस स्वभावैले स्वार्थी प्राणी मै खाउष मै लाऊँ सुख सयल या मोज मै गरुँ आफू तल रहेर अरुलाई्र उठाउने भेटिन्न मान्छे । बिना स्वार्थ कसैले यहाँ केही गर्दैनन् । यतिसम्म कि बिना स्वार्थ बाबु आमाले सन्तान पनि जन्माउन्नन् । यही स्वार्थी परिवेशमा ज्याला मज्दुरी गरेर पेट पाल्ने ठाकुरे आज हनुमानढोकामा न्यायको भिक माग्दैछ अञ्जुली पसारेर के ठाकुरे हत्यारा हैन ।

देशभरी हत्या हिंसा लुटपाट बलात्कारको ज्वाला ह्वार्र ह्वार्र दन्केको बेला गा.वि.स. सचिव अध्यक्ष शिक्षक पत्रकार व्यापारी सांसद छानी छानी हत्या भैरहेछ । त्यसैको भिडमा अर्को हत्या थपियो मेनपावर कम्पनी मालिकको । के ठाकुरेले हरिहरको हत्या गरेको हैन हैन भने रातको समय हरिहरको कम्पाउन्ड भित्र हातमा चुपी लिएर ऊ के गर्दै थियो फेरि हरिहरको मृत्यु चुपीले रेटेर हैन गोली लागेर भएको हो । घटनाको समय घटनास्थलमा ठाकुरे बाहेक अरु पनि त थिएनन् । कुरा अपत्यारिलो शंकास्पद र अचम्म लाग्दो छ घटना जसको हातबाट जुन पक्षले गराए पनि प्रहरीको हिरासतमा छ ठाकुरे ।
कालो मुठा परेको जुघा हातले बटार्दै डि.एस.पि.भन्छ- “रामे ।”
“हजुर साब ।”
“ठाकुरेलाई्र केरकार शाखामा लिएर आइज साला ! हत्या गरेको पटक्कै स्विकार्दैन । आज त्यसलाई्र बाबुको बिहे नदेखाइ भएन ।”
“हस् साहेव ।” बुट बजारेर तनक्क तन्कदै जान्छ रामे ठाकुरेलाई्र लिन ।
अझै पनि ठाकुरे त्यसै भनेर बबराइरहेछ -”सायप म हत्यारा हैन मैले कसैलाई मार्न सक्दिन बिन्ती छ मेरो विश्वास गर्नुस् ।”
“चुप लाग ! अहिले साहेबसँग भन्नु जे भन्नु छ पाखण्डी पागलको अभिनय गर्छ ।” हातको डन्डी बारमा बजार्दै ठाकुरेलाई्र बाहिर निस्कन आग्रह गर्छ रामेले ।
रुझेको बिरालो झैँ लुसुक्क थर्थर काम्दै ठाकुरे बाहिर निस्किन्छ उसका पाइला मरेको बिरालो काखी च्यापेर नागार्जुनको उकालो लागेको ज्यापूको झैँ लोसो छ ।
“ल ! हिंड मसँग साबले बोलाउनु भएको छ ।”
अघिअघि प्रहरी जवान रामे पछिपछि ठाकुरे केरकार शाखामा डि।एस।पि। भएको ठाउँमा पुग्छन् । ठाकुरे उसै निलो कालो बन्दै हात जोडेर ठिङ्ग उभिन्छ डि.एस.पि. को सामु ।

“रामे ।”
“एस सर ।”
“जा एक बाल्टिन पानी लेरा यसलाई्र ठीक नपारी भएन ।”
“हस् साव ।” फेरि तनक्क तन्केर अर्को कोठामा गयो ऊ ।

कोठाको एक कुनामा दुवै हात जोडेर लगलग काम्दै टुसुक्क बस्छ ठाकुरे । भरि पानी भएको गाग्रो बिंडमाथि बसाएझैँ भुइँको सहारामा मोटे भुँडीवाल जुँगाको मुठो ओठ माथि हातले तह लगाउँदै सिटबाट जुरुक्क उठ्छ डि.एस.पि. र टिठ मानेर हेर्छ ठाकुरेमाथि । मरन्च्याँसे रुझेको बिरालो जस्तो उसले मेनपावर मालिकको हत्या कसरी गर् यो होला केटाहरुले साँच्चै गलतै मान्छे पो उठाएर ल्याएछन् कि कसो एकपटक दिमाग घुमाउँछ डि.एस.पि.ले जुँगालाई ताउमा लगाउँदै ।
“पानी ल्याएँ सर ।”

रातो प्लास्टिकको बाल्टीभरि टिलबिल टिलबिल पानी राख्दै बोल्छ रामे ।
“ल तँ जा बाँकी काम म गर्छु ।”
ठूला ठूला आँखा पर्लक्क पल्टाएर रामेतिर हेर्छ डि।एस।पि।ले । हल्का शिर निहुराउँदै तनक्क तन्केर बाहिरिन्छ रामे उता तत्काल डि.एस.पि.को आँखा ठाकुरे माथि पर्छ झम्टिने झम्टिने शैलीमा सोध्छ उसले -
“एँ तेरो नाम के हो “

“ठाकुरप्रसाद घिमिरे हो हजुर ।” ठाकुरेको चिम्रा आँखा अलिकति फटिए र निरीह मुखमण्डल उघारिंदा किच्च दाँत देखिन्छन् ।
“कहाँ बस्छस् तँ “ झम्टेपछि उसले ठाकुरेलाई्र खल्र्याक खुर्लुक्क नङ्ग्याउँछ वचनका तिखा नङ्ग्राले ।
“असन टोलको एउटा सानो कोठामा हजुर ।” ठाकुरे सिमेन्टीको नयाँ घरमा बोल्दाझैँ तरङ्गित आवाजमा बोल्छ ।
“तेरो परिवारमा को को छन् त “ चिलले नङ्ग्याइसकेको चल्लालाई ठुगेझैँ ठुङ्छ उसले ठाकुरेलाई्र ।
“को हुनु र हजुर पाँच वर्ष पहिल्यै छोरो बिपत्ता भएको आजसम्म मरे बाँचेको ठेगान छैन छोरी… ।”
एकछिन घोसे मुन्टो लगाएर लामो सास तान्छ । उसका आँखाबाट रगतको आँसु चुल्ठी परेर वर्सिन्छ गालाको बाटो भएर । ऊ केही बोल्न खोज्छ अनायासै उठेका हिक्काको महाप्रलयले आवाज दबिन्छ छातीभित्र कताकता । उसको अवस्थामा विरह सुसाउँछ नराम्रोसँग ।

“छोरी भनेपछि किन रोकिन्छस् के भो छोरीलाई अनि श्रीमती त होली नि “ वचनको चुच्चोले ठुँगेपछि एउटा चोक्टो झिक्छ ठाकुरेको र निल्छ क्वाप्प निलाइसँगै लामो सास तान्छ डि.एस.पि. हातको छडी घुमाउँदै ।
“अहिले कोठामा त्यही एउटी बूढी त छ हजुर ऊ पनि अलाप विलाप गर्दै होली प्रलयले थिचेर । सारै अभागी रहिछ त्यो बूढी पनि छोरीको बारेमा कसरी भनौं अहिले मानसिक अस्पताल लगनखेलमा छे ।”
“मानसिक अस्पतालमा यसको मतलव पागल ! कसरी भै तेरी छोरी पागल “ ऊ ठाकुरेको दुई्रटा साँप्रामा समातेर बेस्सरी फार्छ वचनैबाट ।

ठाकुरे कालो निलो बन्छ काँचको टुक्रामाथि हिड्न बाध्य गराइएको मानिसझैँ निर्धो निर्बल लुलो बन्छ । लामो सुस्केरा ओकल्छ उसका ओठ अलिकति आँखा उठाएर हेर्छ डि.एस.पि.लाई्र तलबाट माथिसम्म ।
तम्तमाइलो मुहार बनाउँदै सुकेको घाँटी तनक्क तान्दै नभएको थुक घुटुक्क निल्दै असफल प्रयास गर्दै बोल्छ ऊ -
“भो सर खाटा बस्न लागेको घाउमा कोतरेर नुन चुक लगाउँदा डाह र औडाह मात्र हुन्छ मलाई्र त्यसको अलावा केही हुन्न । मेरो पारिवारिक कुटुरो खोतलखातल पार्नु भन्दा विषय तर्फ लाग्दा हुन्थ्यो कि “ डराई डराई हेर्छ डि.एस.पिको मुखमा ।
साँपले डस्न फणा उठाएझैँ बाटुला आँखा माथि पर्लक्क पल्टाउँदै चिच्याउँछ डि.एस.पि.-
“चुप ! हाम्रो काम नै त्यही हो बढी जान्ने सुन्ने बन्नु पर्दैन म जे सोध्छु साँचो बता घटना घट्दाको दिन राति हरिहरको बार्दलीबाट हातमा चुपी बोकेर किन हाम फाल्दै थिइस् लौ भन् पेस्तोल कहाँ लुकाइस् किन मारिस् उसलाई्र । तँ हत्यारा होस् भने तेरो छोरो आतङ्ककारी हैन र “

एकै पटक प्रश्नको झटारो छाडेर बगरेले मासुको भाग लगाएझैँ टुक्रा टुक्रा बनाउँछ उसले ठाकुरेलाई्र । बिचरा ठाकुरे पसिनाले निर्थुक्क हुन्छ भर्खर नुहाएझैँ ओठहरु थर्थर काप्छन् गाला निलोतुथोझैँ निलो बन्छ । आँखा उठाएर हेर्ने साहस रहेन अब उसमा ।
“सर……॥ ।” फेरि सुकेको घाँटी थुक निल्न तनक्क तान्छ जिब्रो रसाए पो थुक आउँनु प्याक प्याक सुक्छ ओठमुख ।
“तँ त्यसै भन्दैनस् मलाई्र थाहा छ आजसम्म कस्तो कस्तो घटनाको सूत्र प्रयोग गरेर गल्ती स्वीकार्न बाध्य बनाएको छु तँ जाबो भुसुनोलाई्र यति काफी छ ।” बाल्टिनबाट एक जग पानी झिकेर ह्वात्त छ्याप्छ डि।एस।पि।ले ठाकुरेको मुखमा । निधार र नाकको टुप्पोबाट बगेको पानी जिब्रोले चाटेर ओठ मुख रसिलो बनाउँछ ठाकुरेले ।
“अझै भन्दैनस् तँ किन गएको थिइस् हरिहरको घरमा “ राता आँखाले सिङ्गै निलांैला जस्तो गरी हेर्छ डि.एस.पि.ले ठाकुरेलाई्र ।

“हो सर ! त्यो दिन म त्यहाँ त गएको थिएँ मेरो हातमा चुपी पनि थियो तर……॥ तर सर विश्वास गर्नुस् उसलाई्र मैले मारेको हैन् कसम सर ।” उसले आफ्नो थर्थर कापेको हातले रुद्रघण्टी समाउँदै कसम खान्छ ।
डि.एस.पि. हातको लौरोलाई्र हावामा उडाउँदै एकछिन विचार मग्न देखिन्छ अब यसलाई्र तसा्रएर हैन फकाएर कुरा खोतल्दै चुरो पत्ता लगाउनुपर् यो । मनमा जुक्ति फुरेपछि टाउको हल्लाउँदै कुर्सीबाट उठ्छ ऊ ठाकुरे भने अब पिट्छ कि भनेर सिमेन्टको भित्तामा लपक्क टाँसिन्छ ।

“हेर ठाकुर ! यथार्थ कुरा नभनेर तँ किन आफ्नो ज्यानलाई सजाय दिन्छस् बरु सत्य कुरा भन् म तँलाई जेल मुक्त गराइदिन पनि सक्छु । तँ जस्तो असल भद्र मान्छेले कुरा चपाएको पटक्कै सुहाउन्न क्या । ल भन त तैले हरिहरलाई्र किन र कसरी मारिस् । मलाई्र मात्र सुटुक्क भन् न । म अरुलाई्र तँ निर्दोष छस् भनी साबित गराइदिन्छु क्या ।” डि.एस.पि.ले ठाकुरेको मुखैमा कान लगेर थाप्छ उभिउभिकन ।

“हो सर ! म हरिहरलाई्र मार्नैको लागि उसको घरमा गएको थिएँ दुई्रहजार बैसठ्ठीसाल असार पन्ध्र गते राति । पानी घनघोर दर्किरहेको थियो जसरी आकाशबाट परेको पानीको थोपा धर्तीमा बज्रिदा फोका उठ्छ मेरो मनमा त्यसरी नै बिरह वेदना पीडा ।

0 comments:

Post a Comment