Monday, 31 January 2011
अंशियार
१० बर्षे नबिन ५ कक्षामा पढदै थियो,घर मा उसको हजुरबा ,हजुरआमा ,बा ,आमा ,काका-काकी अनि उसको भाइ थिए।एक सुखी परिवारनै थियो।मान्छेको मननै त हो कता कता के के हुन्छ।एक दिन नबिनले उसको बा र काका झगडा गर्दै गरेको देख्यो,त्यो समयमा उसले केहि पनि बोलेन तर मनमा केहि कुरा खेलायो।बेलुका उसले बा सँग मनको खुल्दुलि मेट्न सोध्यो गाउँमा सबैलाइ थाहा छ हजुर र काका जति मिल्ने यो गाउँमै कोहि छैन,तर आज किन हजुरहरु झगडा गर्नु भएको?नबिनको बा आवेगमा थिए उसले रीस ओकल्न थाले छोरा यो भाइ भनेको साँच्चै कु-ठाउँको पिलोनै रहेछ।आज मेरो अंसियार भा छ मेरो बिरुद्धमा नलिस दिन्छ रे ।सानैमा घाटि थिचेर मार्दिनु पर्ने रहेछ न हुन्थ्यो भाइ न हुन्थ्यो झमेला ।नबिनले बाको सबै कुरा बुझ्यो या बुझेन तर उसको दिमागमा "सानैमा घाटी थिचेर मर्दिनु पर्ने रहेछ " घुमी रहयो ।उसको सानो दिमागमा पनि कु-बिचरा पलायो अनि उ जुरुक्क उठ्यो अनि उसको २ वर्षे सानो भाइ जो सुती रहेको थियो उसको घाटी थिच्न थाल्यो ।त पनि मेरो अंसियार होइन? बिचरा २ वर्षे बालकको प्राण फुस्कियो,नबिन भने दंग थियो,उता फेरी काका र बाको झगडा मच्चिदै थियो ।
निराजन प्रभात लुइटेल
हाल दोहा कतार

कृष्णपक्ष थापा द्वारा सम्प्रेषित
साहित्यसंसार डट कम साहित्यिक मनहरुको एउटा सानो संसार हो, यहाँ ती मनहरुबाट सिर्जिएका भावनाहरु अभिव्यक्तिहरु सम्प्रेषित गरिन्छ । घरदेश वा परदेश, नेपाली भाषा साहित्यलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक साहित्यसंसारलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रिया या पत्राचार गर्नको लागि हाम्रो ठेगाना - info@sahityasansar .com
प्रविष्ट रचनाको बिषयक्रम लघुकथा .
फेसबुक कमेन्टस...

सम्बन्धित अन्य रचनाहरु ::
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment