उता तिमी बस्छु भन्छौ सधै छाती जलाई
परदेशमा सारै दुख लागिरहन्छ मलाई
खोले सिस्नो खाउला बरु परदेश नजाऊ भन्थिन
छाडी आउने कुरा गर्दा धरधरी रुन्थिन
उता तिमी बस्छु भन्छौ सधै छाती जलाई
परदेशमा सारै दुख लागिरहन्छ मलाई
बाटो छेकि रुदैथिन आउने बेला सानी
छाडी आय परदेश म दुख मानी मानी
उता तिमी बस्छु भन्छौ सधै छाती जलाई
परदेशमा सारै दुख लागिरहन्छ मलाई
प्रेम राना
हाल : दुबइ

साहित्यसंसार डट कमका लागि -
0 comments:
Post a Comment