हरि मानन्धर "विवश"
परार्इका कुरा मात्रै कति गर्छेो सानु
आफ्ना कुरा गर्नु परे पछि सर्छौ सानु
मनका कुरा नलुकार्इ भने हुन्छ आजै
समयले कोल्टे फेर्छ अनि डर्छौ सानु
कहिलेकाँही एकैछिन कुरा नगर्दा नि
धैर्यताको बाँध टुट्यो भनि मर्छौ सानु
साहित्यको बहानामा कुरा बढाएर
अल्झाएर राखे पछि मन भर्छौ सानु
याहु च्याटमा कुरा गर्दा लजाउँदै बोल्छौ
विवश नै बनाएर, मलार्इ हर्छौ सानु

साहित्यसंसार डट कमका लागि -
0 comments:
Post a Comment