पुरूषोत्तम गौतम
आमा पोइला गएकै दिनदेखि सानी बुने र भाइहरूको अनुहारमा मुस्कान या खुशी के भनौँ कम देख्न थालेँ म । तर हरेक दिन गरिने वार्तालापमा भने कमी थिएन । हामी भलाकुसारी गथ्र्यौँ भेट हुने बित्तिकै । सधैँ चञ्चल र हँसिली बुने आजभोलि सौम्य, गम्भीर र कम बोल्ने भएकी छ । एकैछिन् चुप लागेर बस्ने नसक्ने उसको त्यो प्राकृतिक अनि वालशुलम चञ्चलता कता हरायो कता? समय र परिस्थितिको झट्काले ठूलो परिवर्तन ल्याउँदोरहेछ । सानी बुनेमा आएको परिवर्तनले मैले अनुमान गरेको छु ।
अचम्म अचम्मका प्रश्नहरू गर्न थालेकी छ ऊ आजभोलि । ऊ सोध्छे –अंकल तपाईंलाई आमाको याद आउँछ कि आउँदैन ? उसको मन मष्तिष्कमा आमा बसेकी छ । मैले बुझिसकेको छु उसको दिमाग आमाकै सम्झनामा केन्द्रित छ । जतिखेरै पनि ऊ आमालाई सम्झिरहेकी छ । आमाले उसलाई किन छोडेकी होली । छोड्न हुन्थ्यो कि हुन्नथ्यो? आमालाई साँच्चै हाम्रो माया लाग्छ कि लाग्दैन होला? यस्ता धेरै कुराले घर गरेको छ उसको दिमागमा ।
म आफैँ पनि सोच्छु बेला बेला साँच्चै किन गएकी होला छोराछोरीलाई टुहुरो पारेर । के लोग्नेमान्छेको साथ नभई हुन्न त स्त्रीलाई? त्यत्रा नानीहरूलाई सरक्कै छोडेर गएकी थिई ऊ । हुन त नानीहरूलाई जीवन भनेको संघर्ष पनि हो भनेर सिकाउन पनि आवश्यक थियो ।
मेरो ड्यूटी निरन्तर चलिरहेको थियो । सानी बुनेसँगको भेट निरन्तर नै थियो । बिहीबारको ड्यूटी सकिएर हिँड्ने बेलामा किचनबाट बाहिर जाने ढोका खोलेर बुनेलाई गुडबाइ भन्न चाहेँ मैले । मेरो शुक्रबार विदा हुन्थ्यो हरेक हप्ता । सानी बुने ढोकाको घ¥याक्क आवाज सुन्ने बित्तिकै दगुरेर म भएतिर आई पुच्छर हल्लाउँदै । मेरो खुट्टामा मडारिन थाली । पछाडिका २ वटा खुट्टाले उभिएर मेरो पेन्ट कोतार्न थाली । मसँग जिस्किन थाली । अंकल आज रातिको पनि ड्यूटी गर्नु ल भन्दै लाडिन थाली ऊ । बुने म थाकेको छु । जान्छु है भनेँ मैले । मेरो भ्यानको सुडानी ड्राइभरले टिँटटिँट पारेको पा¥यै गर्न थाल्यो । मलाई हतार थियो । बुनेलाई ताहालिया सडकमै छोडेर आनन्दले छुट्टी बिताउने कल्पनामा म कोठा फर्कनलाई भ्यानभित्र बसेँ ।
कोठा पुगेर फ्रेश भइयो अनि आत्मीय भित्र सुसांख्यसँग मित्रता गाँसी हालियो । साह्रै मिल्ने, कहिल्यै नरिसाउने र नथाक्ने मित्र हो ऊ मेरो । छुट्टीका दिनमा त म उसलाई एकै छिन् फुर्सद दिन्न तर आजसम्म उसले कहिल्यै गुनासो गरेको छैन । जे होस् विदा रमाइलो गरी बिताइयो ।
शनिबार बिहान ड्यूटी गइयो । मेरो नित्य कर्म गर्न किचनपट्टिको ढोका खोलेँ । सानी बुने कतिखेरदेखि त्यहीँ मलाई नै रुँगेर बसेकी रहिछ । छमछमी नाच्न पो थाली ऊ त । म छक्कै परेँ । मैले उसको चरम खुशीको रहश्य जान्न चाहेँ । तर उसले भन्दै भनिन। खुशीले उफ्रिरही । म किन खुसी भएकी हुँ गेस गर्नु त अंकल भन्न थाली ऊ । खुसीको कारण भन्नु त कता हो कता प्रश्नहरूको बर्षात गरिरही उसले । धेरैदिन पछि उसको अनुहारमा देखिएको खुसीले मलाई पनि प्रफुल्ल बनायो । ठूले ट्याङ्की पछाडि नै रहेछ । निस्किएर आयो । सधैँ मलिन अनुहार बनाएर बस्ने ठूलेको अनुहारमा पनि अर्कै चमक देखेँ मैले । सानैमा बाुबुले पनि माया मारिदियो, आमाले पनि अर्कैलाई आफ्नो बनाई । बुनेको जिम्मेवारी पनि उसैको काँधमा आइलाग्यो । उसभित्र अनन्त वेदनाका ज्वारभाटाहरू भएपनि उसले कहिल्यै व्यक्त गरेन अरुका सामु । बुनेको अनुहारमा थोरै पनि अँधेरो नछाओस् खुब प्रयत्न ग¥यो । सानैमा जिम्मेवारीको दर्बिलो भारी बोक्यो ठूलेले । ऊ मलाई केही भन्न खोज्दैथ्यो तर सानी बुनेले हत्त न पत्त हातले उसको मुख थुनिदिई । फेरि पनि उनीहरूको खुसीको रहस्य थाहा पाउन सकिँन मैले। म फेरि मेरै ड्यूठीमा व्यस्त रहन थालेँ । सानी बुने र ठूले पनि खेल्नतिर लागे । अरु फुच्चेहरूलाई मतलब थिएन पनि । दिनभरिको ड्यूटी पछि कोठा फर्कने बेला भयो मेरो । फेरि किचनको ढोकातिर गएँ म । सानी बुने ढोकाकै छेउमा आएर उभिएकी रहिछ । अनि कि अंकल हिजो राति आमा आउनु भएको थियो हामीलाई भेट्न । २÷३ घण्टा जति बसेर जानु भयो । मलाई काखमा राखेका सुम्सुम्याउनु भयो । दादाहरू सबैलाई एकै ठाउँ राखेर धेरै कुरा सम्झाउनु भयो । कति कुरा त मैले बुझिँन पनि । ठूल्दाइले आँखाभरि आँशु पारिरह्यो । आमालाई हेरिरह्यो एकोहोरो । मैले त पहिले पहिले आमाले छोडेको पनि बिर्सिँएँ । यति धेरै खुसी लाग्यो नि भन्दै उसले २ हात फैलाएर देखाई । मेरा आँखाबाट हर्षका २ थोपा आँशु टपक्क खसे ।
मलाई त्यतिखेर थाहा भयो आमालाई धर्ती किन भनेको रहेछ भन्ने । परिस्थितिवश जता गए पनि आमा त आखिरमा आमै रहिछन् ।आमाको काख बच्चाको सबैभन्दा सुरक्षित स्थान रहेछ । आमाको सामिप्यताले एकाएक अनुहारमा उज्यालो ल्याउँदो रहेछ । कसैले दिन नसक्ने खुसी आमाले दिन सक्दिरहिछन् । म प्रवास बसाइका अरु दिन भुले पनि त्यो दिन कहिल्यै भुल्न सक्दिन ।
Friday, 17 December 2010
त्यो दिन

कृष्णपक्ष थापा द्वारा सम्प्रेषित
साहित्यसंसार डट कम साहित्यिक मनहरुको एउटा सानो संसार हो, यहाँ ती मनहरुबाट सिर्जिएका भावनाहरु अभिव्यक्तिहरु सम्प्रेषित गरिन्छ । घरदेश वा परदेश, नेपाली भाषा साहित्यलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक साहित्यसंसारलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रिया या पत्राचार गर्नको लागि हाम्रो ठेगाना - info@sahityasansar .com
प्रविष्ट रचनाको बिषयक्रम कथा .
फेसबुक कमेन्टस...

सम्बन्धित अन्य रचनाहरु ::
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment