तुल्सी पेोडेल (प्रकृतिप्रेमी)
बाटै भरी काँडा भेटेँ गोडिदिएँ मैले के बिराएँ?
गरिब् धनी बिच्को पर्खाल् फोडीदिएँ मैले के बिराएँ?
सानो-ठूलो , गरिब-धनी भेदभाव गर्ने समाजको,
कुरितीलाई सकेजती मोडीदिएँ मैले के बिराएँ?
जात धर्म केही होइन हामी एउटै मानिस जाती ,
भन्दै मानव नाता आज जोडीदिएँ मैले के बिराएँ?
हाम्रो एउटै रातो रगत हामी एउटै हौं भन्दा,
बाधा दिने सँग नाता तोडीदिएँ मैले के बिराएँ?
मानिस-मानिस फुटाउने जात-भात छुट्याउने,
कुसंकार जती सबै छोडीदिएं मैले के बिराएँ?
Thursday, 9 December 2010
मैले के बिराएँ ?(गजल -प्रकृतिप्रेमी )
साहित्यसंसार डट कमका लागि - कृष्णपक्ष थापा द्वारा सम्प्रेषित
साहित्यसंसार डट कम साहित्यिक मनहरुको एउटा सानो संसार हो, यहाँ ती मनहरुबाट सिर्जिएका भावनाहरु अभिव्यक्तिहरु सम्प्रेषित गरिन्छ । घरदेश वा परदेश, नेपाली भाषा साहित्यलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक साहित्यसंसारलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रिया या पत्राचार गर्नको लागि हाम्रो ठेगाना - info@sahityasansar .com
प्रविष्ट रचनाको बिषयक्रम गजल .
फेसबुक कमेन्टस...
सम्बन्धित अन्य रचनाहरु ::
Subscribe to:
Post Comments (Atom)


0 comments:
Post a Comment