Sunday, 28 November 2010

एउटा कुरा सोध्नु थियो -गीत


एउटा कुरा सोध्नु थियो -गीत

एउटा कुरा सोध्नु थियो तिमी सँग आज
सोध्न खोज्छु त्यसैत्यसै ओइरिदिन्छ लाज
एउटा कुरा सोध्नु थियो,,,,

धेरै भयो हृदयमा उकुसमुकुस भारी
मुक्त हुन खोजिरैछु तिमी तिर सारी
हेर्दा हेर्दै दिन ढल्यो परिसक्यो साँझ
सोध्न खोज्छु त्यसैत्यसै ओइरिदिन्छ लाज
एउटा कुरा सोध्नु थियो,,,,

ओठहरु बोल्न खोजे आँखा भाग्छ पारी
ढुक्ढुकीले गति लिन्छ ज्यानै जाने गरी
जान्न खोज्छु केछ तिम्रो हेराइमा राज
सोध्न खोज्छु त्यसैत्यसै ओइरिदिन्छ लाज
एउटा कुरा सोध्नु थियो,,,


एउटा कुरा सोध्नु थियो,,,
सोध्न खोज्छु त्यसै त्यसै ,,

0 comments:

Post a Comment