घरको चुलो चौका छाडी बिदेश तिर आ’छु म त
आफु भित्र विस्वास् राखी सधै काममा धा’छु म त ,
देशै छाडी टाढा आएँ अन्जान् नै छु सबैसँग
नौलो देश परिवेशमा धेरै ठक्कर खा’छु म त ,
भाग्यलाई दोष के दिउ कर्म गर्ने रहर भयो
दुःख सुख साथी सम्झि माया प्रिती ला’छु म त,
कसलाई आफ्नो मान्नु यहाँ बाहिर हेर्दा सबै उस्तै
रङ्गिन यो दुनिया नै आफु भित्र पा’छु म त
बिमला अधिकारी
0 comments:
Post a Comment