Tuesday, 12 October 2010

तिम्रै हातले बिष बरू पिलाईदिए हुन्छ

हरि मानन्धर "विवश"




तिम्रै हातले बिष बरू पिलाईदिए हुन्छ
पीडा मुक्त स्वर्ग तिरै मिलाईदिए हुन्छ

कति बाँच्नु दुःखका दिन तड्पिएरै यहाँ
लोभ, क्षोभ, प्रेम मुक्ति दिलाईदिए हुन्छ

समस्या नै नभएको अर्कै जिन्दगीमा
सुःख खोज्ने अश्रुधारा बिलाईदिए हुन्छ

भोलि फाट्ने घाउ सम्झि दुख्छ आजैदेखि
नफाटोस् भो मनको बाँध सिलाईदिए हुन्छ

0 comments:

Post a Comment