हरि मानन्धर "विवश"
तिमी बिना एक्लै यहाँ जुनी काट्न गाह्रो भा'छ
माया भन्ने चिजै यस्तो फेरि साट्न गाह्रो भा'छ ।
मन दुखे त सम्हाल्नेथे, खै के भयो विचित्रै भो
झरी परे पछि बादल फेरि फाट्न गाह्रो भा'छ ।
रङरोगन लगाएर सुन्दर पार्ने इच्छा छैन
आफ्नै मन मारी अब, फेरि ढाँट्न गाह्रो भा'छ ।
अरू बाँकी के नै छ र? परदेशमा एक्लै बस्दा
को विरानो को हो आफ्नो, फेरि छाँट्न गाह्रो भा'छ ।
धनको लोभले मन भरियो, मनको लोभ सधै खाली
देशकै नुन मिठो थियो फेरि चाट्न गाह्रो भा'छ ।
Monday, 25 October 2010
तिमी बिना एक्लै यहाँ
साहित्यसंसार डट कमका लागि - कृष्णपक्ष थापा द्वारा सम्प्रेषित
साहित्यसंसार डट कम साहित्यिक मनहरुको एउटा सानो संसार हो, यहाँ ती मनहरुबाट सिर्जिएका भावनाहरु अभिव्यक्तिहरु सम्प्रेषित गरिन्छ । घरदेश वा परदेश, नेपाली भाषा साहित्यलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक साहित्यसंसारलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रिया या पत्राचार गर्नको लागि हाम्रो ठेगाना - info@sahityasansar .com
प्रविष्ट रचनाको बिषयक्रम गजल .
फेसबुक कमेन्टस...
सम्बन्धित अन्य रचनाहरु ::
Subscribe to:
Post Comments (Atom)


0 comments:
Post a Comment