

गजलरूपी जीबनमा लय फॊक्सॊ हॊ भने काफीया मुटु अनि नयाँ रचना उर्लदॊँ जवानी हॊ ,............उक्त बैँसालु जवानीलाइ सम्हालेर राख्ने जीम्मेवारी पाठक बर्गलाइ जानेछ ।
रचनाः सेप्टेम्बर २०१०,इजरायल

गजल
हरेक घर लक्ष्मी आउ ।।
गरिबि माझ खुसि छाउ ।।
सर्बत्र हॊस झिलीमीली
देउसी भैली गीत गाउ ।।
उनेर माला मखमली
पॊलेर सेल रॊटी खाउ।।
आफन्त देखि टाढा हुदाँ
बल्झीयॊ मुटु दुख्ने घाउ ।।
श्यामकॊ माथ खाली भेनि
तिमीले सप्तरंगी लाउ ।।
गजल
कामना गर्दछु म, दुर्गामाँले रक्षा गरून् ।।
दशैमा पशुहरू,बली हैन खुल्ला चरून् ।।
सबैले मिलीजुली, रमाइला क्षण बनाऔँ
टीका र जमाराले,सम्पुर्णकॊ माथ भरून् ।।
शक्तीकी प्रतिमुर्ती,नबदुर्गा देबी कालीके
उहाँकै पुजागरि,भक्तजन पाउ परून् ।।
यस्पाली देसभरि ,खुसीपुर्ण दशै मनाऔँ
हिस्रक प्रथा छाडी,शान्तीमय मार्ग सरून् ।।
नगरौँ भेदभाब,श्यामश्वेत बर्ण धर्ममा
नेपाली एकभइ,बिश्वासकॊ ज्यॊती छरून् ।।
कहाँबाट सुरू गरूँ,तिम्रॊ बर्णन गर्न ।।
अध्यारॊमा जीबनमा,आयौ उज्यालॊ छर्न ।।
गजलः
दशैँकॊ अबशरमा, शुभकामना दिएँ ।।
जबाफी शुभेच्छाहरू,यथासम्भब लिएँ ।।
सबैकॊ बिदा हुदैन, चाडपर्बमा यहाँ
आफन्त भेट नहुँदा,दुःखपुर्बक जीएँ ।।
सीरमा जमरा छैन,निधार पनि रित्तै ।।
दुखद क्षण बिर्सन,सॊमरस नि पिएँ ।।
नेपाली हिन्दुहरूकॊ,महानचाड दशैँ
हिँसाले फाटेकॊ मन,संयमताले सिएँ ।।
दिन र श्यामरातमा,रूमलिरहेँ एक्लै
प्रबासी जन्जीरभित्र,जकडीएकॊ थिएँ ।।
श्याम रॊक्का,रचनाः बिजया दशमी
0 comments:
Post a Comment