Tuesday, 12 October 2010

मेरो एक - सोचाई


भगवानले !
समस्या सावधानको निम्ति
मानिसलाई -समस्याहरुसंग
संघर्ष गर्न -
यो धर्तिमा, यो जीवन दिए
संसार लाइ सुन्दर राख्न
तर
मानिश भने त्यही -समस्या !
भगवानलाइ सुनाउने गर्छ
मन्दिर , चर्च , गुम्बाहरुमा धाएर !!!

जब की भगवानले
त्यही समस्या देखि डराएर
मान्छेलाई अघिसारेका हुन ।
मलाई यस्तै लाग्छ -यो शिष्टिको रित
मलाई यस्तै लाग्छ -यो प्रकृतीको भेद
मलाई यस्तै लाग्छ -यो जिन्दगीको प्रीत
सायद,
मलाई पनी यस्तो समस्या दिए
जून मैले सहन गर्न सक्छु
र मेरा लागी हुन ।
यसले यस्तै खाल्को र यती सम्म
दू:ख, विपद सहन गर्न सक्छ
यस्तो२ संकट यसले पार गर्न सक्छ
यस्तो२ पीडाको भार थाम्न सक्छ
भनेर होला - भागवण्डा गरेर अंश लगाएछन ।
विडमवना !!!
म भने त्यही भयावह ,
मलाई यस्तो भो ,उस्तो भो भनेर सुनाउदैछू
उनैलाई उनकै भाका र भाषामा ।
जब उनलाई थाहा छ -मलाई कस्तो, के हुन्छ भनेर !
तैपनी -म !
त्यही समस्या सुनाइरहन्छु -उनैलाई ।
किनकी ! मान्छेको स्वभाब नै त्यस्तै हुन्छ नि !
र मेरो पनी ।
थाहा छन मलाई मेरा कमी कम्जोरिहरू !
थाहा छन मलाई मेरा समस्याहरु !
थाहा छन मलाई मेरा उद्देश्यहरु !
त्यही (थाहा पाई )२ पनी
बुझ पचाउदैछु भन्ने पनि थाहा छ ।
न त्र ! हेर त - डाक्टर ले चुरो तानेको ।
धेरै पाइलाहरुमा म हारेको छू
धेरै हिडाइरुमा म पछि परेको छू
धेरै यथार्थताबाट म गलेको छू
धेरै थाहा छ मेरो आफ्नो बारेमा - मलाई ।
त्यसैले त !
म एक्लै हिडिरहे'छू
म एक को जिवनमा
यो एउटा जीवन लिएर
यो एउटा संसारमा
म एक लडिरहे'छू
म एक काल , एक जीवन भए पनी !
धेरै धेरैको लागी , धेरै धेरै फाइदा होस भनेर !!
म एकलाई धेरै बनाउन खोज्दैछु !!!

0 comments:

Post a Comment