प्रत्येक वर्ष झैं यो वर्ष पनि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्रीय समितिले महाकवि लक्ष्मी प्रसाद देवकोटाको जन्मजयन्ती अ.ने.सा.स. डी.सी. मेट्रो च्याप्टरको सक्रिय संयोजकत्वमा यही नोभेम्बर १४ तारीख २०१० का दिन बिशेष कार्यक्रमहरु सहित मनाउने भएको कुराको जानकारी सबै साहित्यप्रेमीहरुमा गराउन चाहन्छौं |
उक्त अवसरमा बाल तथा वयस्कहरुको प्रतियोगितात्मक कविता सम्मेलन गरिने छ र प्रथम, द्वितीय, र तृतीय विजेताहरुलाई नगद पुरस्कार पनि प्रदान गरिने छ | उक्त कार्यक्रममा सहभागी भई यसलाई सफल पारिदिन हुन समस्त साहित्यप्रेमीहरुमा हार्दिक अनुरोध छ |
स्थान : Arlington Public Library
1015 N. Quincy St.
Arlington, VA 22201
मिति: आइतबार, नोभेम्बर १४, २०१०
समय: अपरान्ह २--५
संयोजक
शरद निरोला
अधक्ष्य, अ.ने.सा.स. डी. सी. मेट्रो च्याप्टर

साहित्यसंसार डट कमका लागि -
0 comments:
Post a Comment