Saturday, 7 August 2010

गज़ल - दलवीर सिंह बराइली 'घायल'



नदी पारी एक्लै नाऊ चढेर म तर्छु भन्यौ
नत्र वारी आगो लाऊ जलेर म मर्छु भन्यौ

तिमि मेरी मायालु हौ शत्रु जस्तो ठान्यौ,या त
माया मारी जाने दाऊ परेर म गर्छु भन्यौ

तिमीलाई हसाउँदा रोए पनि खुशी बनें
आँशु झारी दुख्यो घाऊ सडेर म झर्छु भन्यौ

तिम्रो लागि फूल छरें मेरो बाटो काँडै काँडा
फूलबारी हो नआऊ बसेर म चर्छु भन्यौ

आँधिहुरी खडेरीमा ओतदिएँ जरा लाग्यो
आज्ञाकारी बनि जाऊ नहेर म सर्छु भन्यौ

0 comments:

Post a Comment