तिनै बजे व्यानै उठी दैलो कुचो गर्थे
ढिकी जातों दैलो पोती पानी भर्न जान्थें
मेला जानु अघि मैले घांसको भारी लडार्इ
मेला पात भmर्थे बल्ल काम धन्दा सक्यार्इ ।
मेला पात सकि आउंदा सधैं रात पथ्र्याे
जुठो भांडा, खुवार्इ पियार्इ राती दश बज्थ्यो
तेल लिएर सासुज्युको खुट्टा मिच्न जांदा
खप्की मैले खानु पथ्र्याे एक छिन ढिलो हुंदा ।
भोकाएको व्वासों जस्ता यता स्वामी राजा
लुछाचुडंीं लछार पछार मातिएका आँखंा
थिलो थिलो परि जब राती ओछ्यान लाउंथे
माइतीलार्इ संभmी संभmी रातै भरि रुन्थें ।
छोरी पाइस भनि मलार्इ सौता हाल्ने धम्कि
आफ्नो भन्नु कोहि थिएन दु:ख मात्रै साथी
मिशिन जस्तै चारै प्रहर खाली काम धन्दा
कुटार्इ मैले खानु पथ्र्याे स्वामीज्यूलार्इ भन्दा ।
मान्छेलार्इ मान्छे जस्तो व्यवहार नगरदिंदा
अपहत्ये गरिदिउंकी यो मन साह्रै मर्दा
पिर मर्का बुभिmदिने कोही पनि भएन
दुखियाको बांच्ने आधार कतै केहि छैन ।
मान्छे भन्दा मान्छे ठूलो कहिं कतै हुन्न,
छोरा छोरी, उंच निच, भेदभाव हुन हुन्न
छोरी बुहारी, लक्ष्मीकै सार हुन रुप मात्रै भिन्न ।
राजकुमार श्रेष्ठ
नेपाल चेम्वर अफ कमर्स
कान्तिपथ, काठमाडौं ।

साहित्यसंसार डट कमका लागि -
0 comments:
Post a Comment