यसको सत्यता परीक्षण हुन बाँकी रहे पनि नेपालमा राजतन्त्रको अन्त्य, फर्पिङ जलविद्युत् गृह बन्द हुने एवं कतिपय प्राविधिक वैज्ञानिक आविष्कारसम्बन्धी पूर्वसंज्ञानले साकार रूप प्राप्त गरिसकेका छन् । निबन्धोपन्यास शैलीमा लेखिएको यस पुस्तकमा बाइसौँ शताब्दीको विश्वव्यवस्था सुविधासम्पन्न र सभ्य हुनेछ भन्ने कुरालाई प्रस्तुत गरिएको छ । साहित्यकार धीरकुमार श्रेष्ठबाट नेपाली भाषामा अनुवाद गरिएको यस पुस्तकको प्रकाशन ऐरावती प्रकाशनले गरेको छ । औपचारिक समारोहविना नै पुस्तक भृकुटी मण्डपस्थित पुस्तक प्रदर्शनीमा ऐरावती प्रकाशनको स्टलमा उपलब्ध छ । प्रकाशनले यसअघि पनि राहुल साङ्कृत्यायनकै "तपाईंको नाश" रामदेव पाण्डेको नेपाली अनुवादमा प्रकाशित गरिसकेको छ ।
"बाइसौँ शताब्दी" बाट केही महत्त्वपूर्ण अंशहरू
"सम्वत् १०० ।"
"कुनचाहिँ सम्वत् हो यो ?"
"सार्वभौम । तपाईले कुनचाहिँ सम्वत् सोध्नुभएको हो ?"
"मैले सोधेको इस्वी सम्वत् हो ।"
"त्यो त २१२४ हो ।"
"ओहो के त्यसो भए म गुफामा बसेको दुईसय वर्ष भइसक्यो त ?"
"अहिले नेपालका राजा को छन् ?"
"नेपालका राजा ? अब त राजा शब्दले केवल पुस्तकको शोभामात्र बढाउँछ । अब राजा कहाँ छन र ?"
आगामी तीन वर्षका लागि सम्पूर्ण संसारको राष्ट्रपतिका रूपमा श्रीदत्त निर्वाचित रहेछन् । प्रधानमन्त्री ओहारा जापानी हुन् । शिक्षामन्त्री मोनोलिन रुसी महिला र स्वास्थ्यमन्त्री डेविड अमेरिकी हुन् ।
"यो रेल चन्द्रागढी (चन्द्रागिरि) हुँदै काठमाडौँ पुग्छ ।"
"अहिले त फर्पिङमा त्यस्तो कुनै विद्युत् गृह छैन ।"
मङ्गल ग्रहका बारेमा पर्याप्त जानकारी प्राप्त भइसकेछ । पृथ्वीको एक ठाउँबाट अर्को ठाउँमा गरे जस्तै कुराकानी त्यहाँबाट पनि गर्न सकिने रहेछ ।
सार्वभौम सभाको केन्द्र दक्षिण अमेरिकाको ब्राजिलस्िथत नारङ्ग नदीको किनारमा छ । यस नगरको नाम सार्वभौम नगर राखिएको छ ।
काठमाडौँ (नेपाल) दार्जीलिङ र सदियाह यी तीन बाटोबाट हिमालपारि तिब्बतसम्म रेल पुगेको छ ।
उहिलेको वर्ण विभेद र राष्ट्र विभेद अहिले छैन । सबैजना एउटै दाजुभाइ जस्तो भएर बस्छन् । हब्सी युरोपियन एसियाली सबै शिक्षादीक्षा आदिमा समान छन् र रङ आदिमा पनि समान हुँदै छन् ।

0 comments:
Post a Comment