
खुसी हुन सकिँदैन आफ्नै घर जलेपछि
चौतारीको के अर्थ भो वरपीपल ढलेपछि ।
यति दुखेँ लाग्छ अचेल सुख पनि दुख्न थाल्यो
रूँदारूँदै यस्तो भयो आँसु पनि सुक्न थाल्यो
यति थाकेँ जिन्दगीमा थाक्न अब बाँकी छैन
कतिसम्म हिड्न सक्छ एउटा खुट्टा गलेपछि
चौतारीको के अर्थ भो वरपीपल ढलेपछि ।
पूर्णिमा नै किन चाहियो आधा जून पाए पुग्छ
सुख पनि खोज्दिनँ म एक्लै रून पाए पुग्छ
एकै झल्को काफी हुन्थ्यो रहर अरू बाँकी छैन
दिनमै रात खस्न थाल्यो भाग्यले नै छलेपछि
चौतारीको के अर्थ भो वरपीपल ढलेपछि ।
स्वरः हेमन्त राना
सङ्गीतः विजु बज्र
0 comments:
Post a Comment