![]() |
| हरि मानन्धर "विवश" |
एक पटक
अतिततिर फर्किएर हेरेँ
बाटो उस्तै थियो,मेोसम उस्तै थियो,
समय अनि,
परिस्थिति पनि उस्तै
मात्र फरक म एक्लै.....
एकान्त औँसीको रातमा
निष्पट्ट अँध्यारो थियो
तर म सलबलाई रहेको थिए,
केहि खोजिरहेको थिए,
किनकी मसँग,
थोरै मात्र पनि आशाहरू थिए,
जिन्दगीका रँगहरू
कदापि फेरिने छैनन, छैनन्......,
मलाइ थाहा थियो,
प्रकाशको खोजीमा हिडेको म
अन्धकार हटाउन
मेरो बशमा थिएन
तरपर्खनु,
आशातित् बन्नु
मेरो भाग्यले सिकाएको थियो
हो मैले साँच्चै त्यसै गरे
भोलिको विहानीसँगै,
आशाका प्रकाशहरू लिएर आउनेछ।
त्यसैले
मरूभूमिमा ओयसीस बनेर
अदृश्य बाँचिरहेँ,
सुन्यताका पलहरूसँगै,
नैराश्यताका पर्दा भित्र
विवशताको छाल माथि,
कालान्तर पछाडि....
धैर्यता र सहासहरूसँगै
टुक्रिएका कल्पानाहरू बटुलेर
भत्किएका सपनाहरू सजाउँदै
आस्थाका दियोहरूमा
विस्वासका तेलहरू तप्काएरतिम्रै पर्खाइमा
फिस्स फिस्स मुस्कुराउँदै ......
हरि मानन्धर "विवश"
क्याक्मी ९, स्याङ्ग्जा (हाल इजरायल)
३० अगष्ट, २०१०



साहित्यसंसार डट कमका लागि -
0 comments:
Post a Comment