खगेन्द्र थापा
गल्ती तिम्रो कहाँ थियो र मैले भुल गरेकै हो
सुन्दर फूलको बगैंचामा लोभी नजर छरेकै हो
छाती बरु चिरिदिन्छु हेर्छौ भने तिमी पुरै
मर्छु बरु तिम्रै काखमा हाने हुन्छ तीखो छुरै
छाती बरु …॥
अतृप्तभई प्रेमको माला गाँसिरहूँला
माफ गरिदेउ प्रीय मलाई
हो …प्रेमको माला गाँसिरहूँला
कहाँ भन्छु र हाँस्यौ होला तिम्रो आँसु झरेकै हो
किन ढाँट्नु दुनियाँलाई मैले पाप गरेकै हो
चिरिदिन्छु छाती बरु हेर्छौ भने तिमी पुरै
तिम्रै काखमा मर्छु बरु हान तीखो छुरै
छाती बरु …॥
तिमी दिलमा हुँदाहुँदै अन्तै नजर परेकै हो
किन ठग्नू अझै तिमीलाई मैले पाप गरेकै हो
मार बरु सहिदिन्छु तिरस्कार चाहिँ गर्दैनगर
पिई दिन्छु विष बरु बास रहोस् खोलीबगर
मार बरु सहिदिन्छु …
अतृप्तभई प्रेमको माला …
Thursday, 15 July 2010
चिरिदिन्छु छाती बरु

कृष्णपक्ष थापा द्वारा सम्प्रेषित
साहित्यसंसार डट कम साहित्यिक मनहरुको एउटा सानो संसार हो, यहाँ ती मनहरुबाट सिर्जिएका भावनाहरु अभिव्यक्तिहरु सम्प्रेषित गरिन्छ । घरदेश वा परदेश, नेपाली भाषा साहित्यलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक साहित्यसंसारलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रिया या पत्राचार गर्नको लागि हाम्रो ठेगाना - info@sahityasansar .com
प्रविष्ट रचनाको बिषयक्रम गीत .
फेसबुक कमेन्टस...

सम्बन्धित अन्य रचनाहरु ::
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment