
हाँस्तै आउँछिन् सपनीमा, नभेटेकी यौटी परी
चुलबुल-चुलबुल गरी राख्छिन्, निदरीमा उसै गरी
जाऊ भन्छु नजिक सर्दै, पर पर सर्छु आफैं
लट्ठै पार्छिन् कसरी हो, कुन फूलको बास्ना छरी
टुना मुना हो कि कतै, एकाएक बदलिएँ
जताततै बगिदिन्छिन्, मेरो तन मन भरी
पापको नि उस्तै डर, पिंजडामा थुनूँ भने
दोधारैमा परें मत, बनकी हुन या मनकी चरी
बिपना पो हो कि कतै, सपनी नै यस्तै देखें
किन होला ती परीको, माया लाग्छ घरी घरी
उमा सुवेदी
0 comments:
Post a Comment