
तिम्रो मेरो प्रितको डोरी,कसी कसी बाँटेकी छु
तिम्रो मन टाली टाली,बरु आफै फाँटेकी छु
चैँन छैन कुनै पल,सधैं तिम्रो सम्झनामा
तिम्रै माया मोह,निद सँग याद साँटेकी छु
संगै जिउने बेला हामी,छोडी गयौ टाढा भयौ
तिम्रै याद सबै दिन,कल्पी-कल्पी काँटेकी छु
फर्की आउँने होकी होईन,बाटो तिम्रै हेरेकि'छु
कुरी बस्छु तिम्रै लागि,मनै मन आँटेकी छु
धेरै भयो याद आँशु,संगै बग्यो जवानी त
आउँछ भनि अनुराग,आफ्नै मन ढाँटेकी छु
-अनुराग कंडेल
0 comments:
Post a Comment