हामी दुखीका दुखी छौ
पुजा गरिरहेका छौ भगवानको
भगवान हाम्रालागि केही गर्दैनन्
वा
भगवान एउटा मिठो भ्रम हो
गैरआवासीय नेपाली संगठनका भाषा साहित्य तथा संस्कृति विभागद्धारा आयोजित भानु जयन्ति मनाउन सय जना नेपालीहरुका माझ राष्ट्रिय प्रमुख मुक्ति गौतम यसरी क्यानडाको टोरन्टोको स्कार्बरोमा कविता पढिरहेका थिए । एनआरएन का क्यानडा सचिव कवि गोपी कृष्ण काफ्लेले भानुभक्तको योगदान र महत्वको वारेमा प्रकास पार्दै एनआरएनहरुका वीचमा नेपाली भाषाको प्रचारका लागी नयाँ भानुभक्तको आवश्यक भएको बताउनु भयो । नेपाली क्यानडियाली सन्जालका संयोजक किरण पन्त नेपाली संकृति र भाषा साहित्यको उन्ययनको लागी यस्ता कार्यक्रम भविश्यमा पनि निरन्तर गरिने प्रकास पार्दै आफ्नो कविता वाचन गर्न भएको थियो ।
कविता वाचन संगै मन्तब्यका क्रममा जन सास्कृतिक महासंघका विदेश विभाग सचिव कुसुम ज्ञवालीले नेपाली साहित्य अब नेपाली भाषामा मात्र लेखिएर नपुग्ने भएकाले नयाँ एनआरएन पुस्ताले अन्य भाषामा समेत नेपाली साहित्यको लेखनको सुरुआत भएको बताउनु भयो ।
नेपाली क्यानडाली सामुदायिक सेवाका उपाध्यक्ष रामपौडेल, डा तुलसी धरेल, कवि भावना पोखरेलले आआप्mना कविता सुनाउनु भएको थियो । यसै गरी नविन बैध्य, नबराज गुरुंग ,उमाकांत गौतम तुलसी धरेल ,गोपी कृष्ण काफ्ले मेधावी गौतम, ऋषी वास्ताकोटी, जनकराज गौतम, राधिका खरेल, साधना रिसाल, स्वर्णिम गुरुङ, अनुसयाना गौतम, अनि भट्टराइ लगायत दुइ दर्जन बढी साहित्यकारले कविता बाचन गरे भने भानु जयन्तिकै अबसर पारेर नेपाली युवा समुदाएका विचमा मैत्री पूर्ण फुटवल म्याच पनि सम्पन्न भयो ।
Friday, 16 July 2010
क्यानडामा भानु जयन्ति सम्पन्न

कृष्णपक्ष थापा द्वारा सम्प्रेषित
साहित्यसंसार डट कम साहित्यिक मनहरुको एउटा सानो संसार हो, यहाँ ती मनहरुबाट सिर्जिएका भावनाहरु अभिव्यक्तिहरु सम्प्रेषित गरिन्छ । घरदेश वा परदेश, नेपाली भाषा साहित्यलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक साहित्यसंसारलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रिया या पत्राचार गर्नको लागि हाम्रो ठेगाना - info@sahityasansar .com
प्रविष्ट रचनाको बिषयक्रम Featured, गतिविधि .
फेसबुक कमेन्टस...

सम्बन्धित अन्य रचनाहरु ::
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment