प्रवेश पौडेल
देश कता-कता
हाम्रा खोलाको पानीजस्तो लाग्छ ।
कहिल बिस्तारै बग्छ
कहिले गाँवै बगाएर लग्छ
कहिले छाँगाबाट खस्छ
कहिल ढुङ्गामा अल्झन्छ
अनि पुरानो घाउ बल्झन्छ
जरो गाडेर बेला बेला दु:ख दिने
यस्ता घाउ फाल्न मनलाग्छ
मलमपट्टी लगाएर टाल्न मनलाग्छ
मेरो देशलाई आज
रूढीवादी घाउहरू बल्झेको छ
ती घाउहरू फालेर
नयाँ नेपाल बन्छु कि
भन्ने आशमा अल्झेको छ ।
राष्ट्रपति पाएँ भनेर रमाउँछ देश
प्रधानमन्त्री पाएर दशैँ मनाउँछ देश
तर
घाउ बिसेक पारिदिने
संविधान नबन्ला कि भनेर
खुट्टो कमाउँछ देश
हाम्रा खोलाजस्तै
भारतमा बिलाउँछु कि भनेर
च्याप्प पारेर हाम्रो हात समाउँछ देश ।
Sunday, 11 July 2010
अब हाम्रो पालो

कृष्णपक्ष थापा द्वारा सम्प्रेषित
साहित्यसंसार डट कम साहित्यिक मनहरुको एउटा सानो संसार हो, यहाँ ती मनहरुबाट सिर्जिएका भावनाहरु अभिव्यक्तिहरु सम्प्रेषित गरिन्छ । घरदेश वा परदेश, नेपाली भाषा साहित्यलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक साहित्यसंसारलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रिया या पत्राचार गर्नको लागि हाम्रो ठेगाना - info@sahityasansar .com
प्रविष्ट रचनाको बिषयक्रम कविता .
फेसबुक कमेन्टस...

सम्बन्धित अन्य रचनाहरु ::
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment