- अशोक पार्थिव तामाङ
मेरी आमाको सर्जिकल
अपरेसन गर्न
हत्तारिएका
ए सर्जनहरु !
ए डाक्टरहरू !
हस्पिटलको वार्ड भरी
आधा सेतोमा आधा कालो
मिसिएको एप्रोन लाएर
डाक्टर हुँ भन्नेहरु !
तिमीहरू प्रति
मलाइ शंका लागिरहेछ ।
के तिमीहरू साँच्चै
पढेर डाक्टर भएका हौ ?
नत्र किन तिमीहरूको
पहिरन सुहाएन नि ?
एप्रोन त प्रायः सेतो पो हुनुपर्ने नि, होइन र ?
मेरी आमाको प्वाल परेको मुटु टाल्नुछ ,
गरीवीले खाएका भल्वहरू फेर्नु छ ।
हातमा ग्लोब्स लगाएर
फोरसेप , क्लैम्प ,सिउचर सेट
अनि
सर्जिकल ब्लेड बोकी
मुखमा माक्स हाली
ब्यान्डेज ,कटन ,ड्रेस्सिङ सेट
एन्टिसेप्टिक त बोकेको देखियो ,
आफुलाई सर्जनहरु त भन्छौ ।
तर
तिमीहरु त
संख्यामा पनि
बग्रेल्ती देख्दैछु
जुलुस जस्तै ।
कतै तिमीहरु
इन्टर्नसिपका डक्टरहरु त होइनौ ?
मलाइ त पत्यार लागेन ।
मेरी आमाको अपरेसनको लागी
अहिले
असली डाक्टर पो खोजेको छु ।
जसले मुटु फेर्न सकोस् ।
तिमीहरू जस्तो सर्जन होइन ।
त्यसैले
बिना अध्यन
चिरफार मात्र गरेर
सर्जन हुनखोज्नेहरूले त
बरू
कसाइँ भएकै राम्रो हुन्छ।
त्यसैले
त्यस्ताहरूले हात नलाँकै राम्रो ।
मेरी आमाको देहमा ,
कम्तिमा मान्छे त मर्दैन।
अहिले एनेस्थेसिया दिँदैछौ ,
मेरी आमालाइ बेहोस पार्न
तर तिमीहरूको लापरवाहिले
मेरी आमा
सँधैको लागी बेहोस् नहोउन् ।
त्यसैले
होसियार ! होसियार !! होसियार !!!
आमाको छातीमा सर्जिकल ब्लेड नाँच्दा
म दुःखेर रोएको हुन्छु ,
किन भने यि मेरी आमा हुन् ।
यि मेरी जन्मभूमि हुन् ।
देवता भने नि यिनै हुन् ।
भाग्य भने नि यिनै हुन्।
हो मेरी आमा सिकिस्त छिन् ।
त्यसैले हस्पिटलमा
बचाउँनको लागी ल्याएको छु
तर तिमीहरूको
अभ्यासको भ्यागुता बनाउँन होइन ।
कलकलाउँदो अधबैंसे जीन्दगी
यदि केहि भयो भने
म छाड्नेछैन नि, बुझ्यौ त ?
त्यसैले
इमरजेन्सी देशका
ए सर्जनहरू !
मेरी आमा
जीउँदो नै हुनुपर्छ
अपरेशन पछि पनि ,
हो जीउँदो नै हुनुपर्छ
अपरेशन पछि पनि ।
सुन है सर्जनहरू !
कुरा
बुझ्यौ त ?
तपेश्वरी १ , उदयपुर
हालः ( इजरायल )
Thursday, 1 October 2009
ए सर्जनहरू ! मेरी आमा जिउँदो नै हुनुपर्छ अपरेसन पछि पनि , बुझ्यौ त ?Share

कृष्णपक्ष थापा द्वारा सम्प्रेषित
साहित्यसंसार डट कम साहित्यिक मनहरुको एउटा सानो संसार हो, यहाँ ती मनहरुबाट सिर्जिएका भावनाहरु अभिव्यक्तिहरु सम्प्रेषित गरिन्छ । घरदेश वा परदेश, नेपाली भाषा साहित्यलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक साहित्यसंसारलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रिया या पत्राचार गर्नको लागि हाम्रो ठेगाना - info@sahityasansar .com
प्रविष्ट रचनाको बिषयक्रम कविता .
फेसबुक कमेन्टस...

सम्बन्धित अन्य रचनाहरु ::
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment