Thursday, 1 October 2009

बाटो हिंड्ने बटुवालाई, बास दिन सक्छौ सक्दिनौ ?






अशोक पार्थिव तामाङ


बाटो हिंड्ने बटुवालाई, बास दिन सक्छौ सक्दिनौ ?
आँधीहुरी असिनाले चुट्दा, ओत दिन सक्छौ सक्दिनौं ?हो।।साँइली ....,ओत दिन सक्छौ सक्दिनौ ?

सँगसङै घाम तापौं ,जुठेल्नोमा बिहान खस्दा ।
मन मिले केनै हुन्छ? अजम्बरी प्रिती गाँस्दा ?
जाँतो पिन्दा ढिक्कि कुट्दा , साथ दिन सक्छौ सक्दिनौ?
मनमा पिरको काँडा बिझ्दा, खिल् झिक्दिन सक्छौ सक्दिनौ?


आम्खोरामा पानी सारी, झर्के थालमा भात खाउँला ।
मरी लानु केनै छर? जुगै जाने माया लाउँला ।
धुन् दिन्छु तिमीलाई, गुनगुनाउँन सक्छौ सक्दिनौ?
हाट्बजारमा सोधे कसैले, आफ्नो भन्न सक्छौ सक्दिनौ ?

बाटो हिंड्ने बटुवालाई, बास दिन सक्छौ सक्दिनौ ?
आँधीहुरी असिनाले चुट्दा, ओत दिन सक्छौ सक्दिनौं ?हो।।साँइली ....,ओत दिन सक्छौ सक्दिनौ ?

0 comments:

Post a Comment