- अशोक पार्थिव तामाङ
के थाहा ?
समयले पर्खेको मान्छे ,
तिमी पनि त हुनसक्छौ नि !
त्यसैले ,
प्रयास गरेर त हेर ।
ए युवाहरु !
तन्नेरी मन लिएर आउ ।
तन्नेरी ज्यान मात्र किन देखाउछौ ?
के थाहा ?
समयले मागेको मान्छे
तिमी पनि त हुनसक्छौ नि !
त्यसैले ,
प्रयास गरेर त हेर ।
वर्तमानको क्यालेण्डर
तेन्जिङ र एडमण्ड हुने
साहस बोकेर जुर्मुराउ ।
समयले तिमीलाइ नै त खोजिरहेको हुनसक्छ ।
के थाहा ?
समयले खोजेको मान्छे
तिमी पनि त हुनसक्छौ नि !
त्यसैले ,
प्रयास गरेर त हेर ।
कति सुस्ताउँछौ , कति चिच्याउँछौ ?
समयले ठग्यो भनेर ।
अँधेरो छ समय चारैतिर ।
त्यसैले मैनबत्ति सल्काउँने
कोशिस् त गर ।
हावा हुरी चल्नु अघि नै
त्यहि मैनबत्तिको उजेलोमा भएनि
हिंडाँइको चार भञ्ज्याँङ काटेर ,
सपनाको आँगन टेक्न पनि त सक्नेछौ ।
के थाहा ?
समयले रोजेको मान्छे
तिमी पनि त हुनसक्छौ नि !
त्यसैले ,
प्रयास गरेर त हेर ।
मनलाइ कहिले काँहि गोडेर त हेर ।
कर्मशील हातले श्रृजनाको पाइला चालेर त हेर ।
कसो नफुल्ला फुलहरू ?
बाग भरी रंगीबिरंगी
माली बनेर
मनलाइ जतन गरेर त हेर।
के थाहा ?
समयले पर्खेको मान्छे ,
तिमी पनि त हुनसक्छौ नि !
त्यसैले ,
प्रयास गरेर त हेर ।
तर
तिमी किन थाकेको नि यसरी ?
तिम्रो निधारमा
चाउरिएका रेखाहरुको फुल
केको लागि ?
केमा टाँस्ने हो त्यो लोगो ?
जवान समय बोकेर आफुसित
बृद्द सोचाइहरुको
किन फुल कोरेल्छौ ?
समय सिद्धिएको छैन ।
समय मरेको छैन ।
समय मर्दै मर्दैन ।
तिम्रो परिश्रम
जारी रहे
के थाहा ?
एकदिन
समयले पर्खेको मान्छे ,
तिमी पनि त हुनसक्छौ नि !
त्यसैले ,
प्रयास गरेर त हेर ।
तपेश्वरी १ , उदयपुर
हालः ( इजरायल )
Thursday, 1 October 2009
के थाहा ? समयले पर्खेको मान्छे तिमी पनि त हुनसक्छौ नि !

कृष्णपक्ष थापा द्वारा सम्प्रेषित
साहित्यसंसार डट कम साहित्यिक मनहरुको एउटा सानो संसार हो, यहाँ ती मनहरुबाट सिर्जिएका भावनाहरु अभिव्यक्तिहरु सम्प्रेषित गरिन्छ । घरदेश वा परदेश, नेपाली भाषा साहित्यलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक साहित्यसंसारलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रिया या पत्राचार गर्नको लागि हाम्रो ठेगाना - info@sahityasansar .com
प्रविष्ट रचनाको बिषयक्रम कविता .
फेसबुक कमेन्टस...

सम्बन्धित अन्य रचनाहरु ::
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment