रचनाः अशोक पार्थिव तामाङ
नजर जुध्यो उनि सँग कसो गरी हटाउँनु हो ?
दुरी झनै नजिक भयो कसो गरी घटाउँनु हो ?
अनायसै चिनजान भयो नदेखेको साथी पनि
अब छुटौं हामी भनी कसो गरी पठाउँनु हो ?
संसारनै बिर्साइदिने सुन्दरता छ उनि सित
नबिर्सिने गुण अब कसो गरी लगाउँनु हो ?
मनको कुरा साट्दा - साट्दै पिरतीको डोरीले
आफ्नै दिलको मान्छे कसो गरी बनाउँनु हो?
पापी छ यो सँसार प्रित बस्या देख्न हुन्न
दुनियाँले देख्ने पिरले कसो गरी भगाउँनु हो ?
तपेश्वरी १, उदयपुर
हालः इजरायल
Thursday, 1 October 2009
नजर जुध्यो उनि सँग कसो गरी हटाउँनु हो ?

कृष्णपक्ष थापा द्वारा सम्प्रेषित
साहित्यसंसार डट कम साहित्यिक मनहरुको एउटा सानो संसार हो, यहाँ ती मनहरुबाट सिर्जिएका भावनाहरु अभिव्यक्तिहरु सम्प्रेषित गरिन्छ । घरदेश वा परदेश, नेपाली भाषा साहित्यलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक साहित्यसंसारलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रिया या पत्राचार गर्नको लागि हाम्रो ठेगाना - info@sahityasansar .com
प्रविष्ट रचनाको बिषयक्रम गजल .
फेसबुक कमेन्टस...

सम्बन्धित अन्य रचनाहरु ::
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment