Friday, 2 October 2009
कुन युग रोज्ने?
- अशोक पार्थिव तामाङ
फेरी अर्को जुनी
आउँछ या आउँन्न
अनिश्चित प्रायः
त्यसैले
यो जुनी
बाँच्नु त पर्ने हो ।
फेरी भोली अर्को घाम
लाग्छ या लाग्दैन
अनिश्चित प्रायः
त्यसैले
यो घाम
ताप्नु त पर्ने हो ।
फेरी अर्को बिहान
हुँन्छ या हुँदैन
अनिश्चित प्रायः
त्यसैले
यो बिहान
जाग्नु त पर्ने हो ।
भन्दा भन्दै ....
तर अब
निर्णय पनि दिँनुपर्नेछ
तिमी र मैले
कुन युग रोज्ने भनेर ?
केही युगहरु
बास बस्न खोज्दैछ
केही युगहरु
जाग्न खोज्दैछ
कुन युग रोज्ने ?
तिमै खुशी
तर
म भने
जाग्ने युगलाई टिपेर
अध्यारो युगको
छातीमा
बलेको आगोको लप्का
झोस्न चाहन्छुँ
बरु
मैले किन शहीद
हुन नपरोस्
धुलो र खरानी भएर ।
म युग जिस्क्याउँनेहरुलाई
म युग धम्क्याउँनेहरूलाइ
म युग फाल्न खोज्नेहरूलाइ
धन्यवाद् दिन्छु
किनभने
यो युगले डसेको छ
मान्छेहरूलाइ
जँगली साँप भएर ,
झम्टेको छ
टाटेपाट बाघ भएर ।
चिलेको छ बारूला भएर
खुवाएको छ दुर्गन्धित बिचारका वाकहरू
छोपेको छ पर्दाले घामहरूलाइ
अनि अँध्यारोमा राखेको छ घाम लागेन भनेर
उज्यालो तिम्रो भाग्यमा रहेनछ कठै ! च्व च्व् च्व भनेर ।
तपेश्वरी १ , उदयपुर
हालः ( इजरायल )

कृष्णपक्ष थापा द्वारा सम्प्रेषित
साहित्यसंसार डट कम साहित्यिक मनहरुको एउटा सानो संसार हो, यहाँ ती मनहरुबाट सिर्जिएका भावनाहरु अभिव्यक्तिहरु सम्प्रेषित गरिन्छ । घरदेश वा परदेश, नेपाली भाषा साहित्यलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक साहित्यसंसारलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रिया या पत्राचार गर्नको लागि हाम्रो ठेगाना - info@sahityasansar .com
प्रविष्ट रचनाको बिषयक्रम कविता .
फेसबुक कमेन्टस...

सम्बन्धित अन्य रचनाहरु ::
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment