
त्यो समयको बखान गर्छन् गायक रामकृष्ण ढकाल जतिबेला नेपाली संगीतमा "स्टारडम" भन्ने कुनै शब्द थिएन । हङकङमा बस्दै आएका संगीतकारमाथि निर्मित डकुमेन्ट्री फिल्ममा । यस फिल्ममा २० हर्ज देखि २० किलोहर्ज को आकारको हावाको क्यान्भासमा संगीतकार दिनेश सुब्बा चित्र कोर्दछन् । "हावाको क्यान्भासमा" (In the canvas of air) डकुमेन्ट्री फिल्म भर्खरै तैयार भएको छ । यो डकुमेन्ट्रीमा संगीतकार दिनेश सुब्बा आफ्नो १४ वर्षे हङकङ बसाइको समीक्षा गरेका छन् । दार्जिलिङ देखि नेपाल हुँदै हङकङ सम्मको जिन्दगीको यात्राको कथा सुनाएका छन् । यतिबेलाका चर्चित कलाकारहरु पवित्र सुब्बा, लोचन भट्टराई, रामकृष्ण ढकाल, एम बराल, सत्यराज आचार्य, आदि जस्ता कलाकारहरुको सांगीतिक जन्मदाता दिनेश सु्ब्बा आफ्नो प्रसिध्दिलाई दाउमा राखेर हङकङ ओर्लेको कथा डकुमेन्ट्रीले बोकेको छ । अम्बर गुरुङ, नारायण गोपाल, भक्तराज आचार्य, अरुण थापा, रामकृष्ण ढकाल, आदिसँग जोडिएका रमाइला र भावुक प्रसंगहरुको उल्लेख छ । अनि हङकङ बसाइका क्रममा भए/ गरेका गतिविधिहरु समेटिएका छन् । जसमा "स्टार भ्वाइस अफ इन्डिया" का रोहित सुनार र "छोटे उस्ताद"का प्रकृति गिरी पनि समेटिएका छन् ।
आफ्नो जीवनको सार्थकतालाई मापन गरेका छन् संगीतकारले यस १०० मिनेटको डकुमेन्ट्रीमा । यस डकुमेन्ट्रीलाई निर्देशक निर्माता रबिन राईले तैयार गरेका हुन् । उनलाई नेपालका क्यामेरामेन राजन काफ्लेले र संपादनमा रेनु राईले सह्योग पुर्याएका छ्न् । चाँडै सार्वजनिक प्रदर्शनीको तैयारीमा रहेको यस चलचित्रलाई हिमाल एशोसियनद्वारा द्वैवार्षिक रुपमा गरिने फिल्म महोत्सवमा "हावाको क्यान्भासमा"लाई सहभागी गराउने लक्ष्य राखिएको छ ।
रविन राइ
0 comments:
Post a Comment