हरी मानन्धर
हिमाल हाँसीरहेको बेला,
नेपाल र नेपालीको प्रतीक,
संसारलाई चिनाउनु परेको छ ।
पुर्वजहरूको रगतले सिंचेको यो नेपाल,
वर्तमान देखि भविष्यसम्म,
राष्ट्रभक्ति र देशभक्तिको पाठ,
हामी र हाम्रा सन्ततिहरूलाइ सिकाउनुपरेको छ ।
देशमा शान्ति आईरहेको बेला,
यही उर्वरभूमि नेपालबाट,
दिगो शान्तिको वीउ रोप्नुपरेको छ ।
गौतम बुद्धको देश नेपालबाटै,
विश्वभर शान्तिको दियो बाल्नुपरेको छ ।
भृकुटी र सिताले जस्तै,
यही धर्तीमा बलिदान दिनुपरेको छ ।
हिमालको डम्फूलाई,
पहाडको मादल र खैंजडीसँग मिलाउनुपरेको छ ।
पहाडकै सारंगी र सहनाई,
तराईमा लगेर बजाउनुपरेको छ ।
हिमाल, पहाड र तराईवासीलाई,
एकै ठाउँमा मयूर जस्तै नचाउनुपरेको छ ।
नेपाल एक नेपाली एक,
संसारभर चिनाउनुपरेको छ ।
अब एउटा महान पर्वको खाँचो परेको छ,
हरेक नेपाल र नेपालीको धड्कनलाई
एउटै मालामा गाँस्नुपरेको छ
Tuesday, 12 May 2009
नेपाल एक नेपाली एक

कृष्णपक्ष थापा द्वारा सम्प्रेषित
साहित्यसंसार डट कम साहित्यिक मनहरुको एउटा सानो संसार हो, यहाँ ती मनहरुबाट सिर्जिएका भावनाहरु अभिव्यक्तिहरु सम्प्रेषित गरिन्छ । घरदेश वा परदेश, नेपाली भाषा साहित्यलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक साहित्यसंसारलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रिया या पत्राचार गर्नको लागि हाम्रो ठेगाना - info@sahityasansar .com
प्रविष्ट रचनाको बिषयक्रम कविता .
फेसबुक कमेन्टस...

सम्बन्धित अन्य रचनाहरु ::
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment