Wednesday, 15 April 2009

धोका खान्न भन्ने


गोविन्द प्रसाद उपाध्याय


धोका खान्न भन्ने लाग्थ्यो मलाई
डढेलो लागेको मन बुझाउँ कस्लाई

मुटुमा चस्केका छन् ती बाचाहरु
कोसेली बनाएर बुझाउँ कसलाई

जुतोमा पिल्सीएको बस्तु भएर
निसासिएका भावना बुझाउँ कसलाई

पानी बिनाको माछी जस्तै बनेर
तड्पीरहेका मुस्कानहरु बुझाउँ कसलाइ

सुकेको पात भएका सपनाहरु सँगै
मुर्छा परेको जीवन बुझाउँ कसलाई


0 comments:

Post a Comment